site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘गाँजा किन्न जाँदा विवादपछि हत्या’
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काभ्रेपलाञ्चोकमा हत्याको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–८ का २६ वर्षीय सुजन उप्रेती छन् ।

काठमाडौंको काँडाघारीमा बस्दै आएका दोलखाकै मेलुङ गाउँपालिका–१ का २८ वर्षीय निर्मल बुढाथोकीको हत्याको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । गएको बुधबार काठमाडौंको ढल्कुबाट उप्रेतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसको अघिल्लो दिन मंगलबार बिहान काभ्रेको बेथानचोक गाउँपालिका–२, ढोलखोलामा बुढाथोकीको शव फेला परेको थियो । घटना अनुसन्धानका क्रममा उप्रेतीको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ ।

उनीहरू लागुऔषध गाँजा किन्नका लागि बेथानचोक गएको प्रहरीले पत्ता लगाएको छ । सोही क्रममा आपसी विवाद भएको र उप्रेतीले बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ ।

Global Ime bank

उनीहरू बेथानचोकस्थित तीर्थराज तिमल्सिनाको घरमा बास बसेका थिए । प्रहरी टोलीले तलासी गर्दा तिमल्सिनाको घरबाट उप्रेतीको झोला, पासपोर्ट र गाँजाजस्तो देखिने पदार्थ नौ केजी ७७ ग्राम फेला परेको थियो । प्रहरीले तिमल्सिनालाई समेतलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला अदालत काभ्रेबाट उप्रेतीविरुद्ध ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको छ । तिमल्सिनाविरुद्ध लागुऔषधसम्बन्धी कसुर मुद्दामा सात दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement