site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लुम्बिनीको नेतृत्वबारे ओलीको निर्देशन– आजै समाधान निकाल्नूस्, भोलि बिहान घोषणा मै गरूँला 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लुम्बिनी प्रदेश नेतृत्वको समस्या समाधान गर्न केन्द्रीय सचिवालयका नेताहरूलाई निर्देशन दिएका छन् ।

शनिबार बुटवलमा प्रदेश अधिवेशन उद्घाटन गर्दै उनले उपाध्यक्ष विष्णु पौडेल र शंकर पोखरेलका नाममा अनावश्यक अभ्यास नगर्न पनि चेतावनी दिए ।

“दुवैजना (विष्णु र शंकर)को भनाइ सुनेँ, उहाँहरू सुदृढ एकता चाहिन्छ, एकताबद्ध भएर अघि जानुपर्छ, त्यसको कुनै विकल्प छैन भनिरहनुभएको छ भने उहाँहरूको नाममा अनावश्यक अभ्यास नगरौँ,” ओलीले भने ।

Dabur Nepal
NIC Asia

उनले फलानो नेताको आशीर्वाद भन्ने कुरा गर्न नहुनेमा जोड दिए । नेतृत्वका लागि आफ्नो इच्छा भए नाम बताउन आग्रह पनि गरे ।

एमालेका १९ सचिवालय सदस्यमध्ये लुम्बिनीमा उपाध्यक्षहरू युवराज ज्ञवाली र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट र छविलाल विश्वकर्मा छन् ।

नेताहरूको लाइन भएको प्रदेशमा चित्त बुझ्ने गरी आजै समाधान निकाल्न उनले निर्देशन दिए ।

“यत्रो विधि नेताहरूको लाइन यहीँ, नेताहरूले मिलाउनु पर्दैन ? महासचिव जानुभएको (चीन) छ, युवराजजी आउन पाउनु भएन,” ओलीले भने, “अरू नेताहरू भरे बेलुका बस्नूस्, सबै साथीहरूलाई चित्त बुझ्ने समाधान निकाल्नूस्, भोलि बिहान मै घोषणा गर्दिउँला, केही छैन । तर, समाधान निकाल्नूस् ।”

उनले सचिव र लुम्बिनी इन्चार्ज पद्मा अर्याललाई पनि मिलाउन भने । लुम्बिनीबाट नमुनाको काम हुनुपर्ने उनको भनाइ छ ।

एमाले लुम्बिनीको नेतृत्वका लागि पौडेलनिकट राधकृष्ण कँडेल र पोखरेलनिकट हरि रिजालले दाबी गरेका छन् । उद्घाटनसत्रको समापन भएको छ । अब बन्दसत्र चल्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro