site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डलाई ओलीको प्रश्न– एमाले खरानीको डल्लो हो र पहिरो जान ? 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कच्चा माटोको ढिस्को नभएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् ।

यही भदौ १४ गते प्रधानमन्त्री प्रचण्डले सुर्खेतमा समाजवादी मोर्चाको कार्यक्रममा प्रतिपक्ष दलमा धाँजा फाटेको भन्दै विस्फोट हुन सक्ने टिप्पणी गरेका थिए ।

“प्रचण्डले थाहा पाउनुपर्ने नि, एमालेमा पहिरो जान्छ कि जाँदैन ! उहाँहरूलगायत धेरैले एमाले सिध्याउन खोज्दा एमालेले ज्यान फुरर्र पार्दा धुलो, पानी सबै उड्यो । एमाले जहाँको त्यहीँ छ,” शनिबार बुटवलमा पार्टीको लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन गर्दै ओलीले भने । 

एमाले खरानीको डल्लो हो र पहिरो जाने भन्दै उनले प्रश्न पनि गरे । “एमालेमा पहिरो जान्छ ? कच्ची माटाको ढिस्को हो एमाले ? महान् उद्देश्य बोकेर हिँडेको पार्टी खरानीको डल्लो हो यो पहिरो जाने ?,” उनले प्रश्न गरे ।

प्रचण्डलाई अब सरकार टिक्दैन भन्ने लागिसकेको ओलीको भनाइ छ । एमालेले त्यतातिर नहेरेकाले सरकार टिकिरहेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro