राजनीति
काठमाडौं । नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशन सुरु भएको छ । शनिबार बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन सुरु भएको हो ।
अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । अधिवेशनमा ओलीसँगै महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेता पुगेका छन् ।
अधिवेशनबाट २०५ सदस्यीय कमिटी चयन हुनेछ । नेतृत्वका लागि वर्तमान प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजालले दाबी गरेका छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट हुन् भने रिजाल महासचिव पोखरेल निकट हुन् । लुम्बिनीमा गुटगत प्रतिष्पर्धा हुने देखिएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० १३:४५
प्रतिक्रिया दिनुहोस्