site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतविरुद्ध पाकिस्तान : ‘हेड टू हेड’ मा को बलियो ?
SkywellSkywell

काठमाडौं । एसिया कप–२०२३ मा आज दुई चर्चित चिर–प्रतिद्वन्दी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । राजनीतिक खिचातानीका कारण यी दुई देशबीचको खेल दुवै देशका समर्थकका लागि सँधै विशेष रहेन गर्छ । दुई देशबीचको राजनीतिक असन्तुष्टिको प्रभाव क्रिकेटमा पनि रहँदा भारत र पाकिस्तानले दुईदेशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला नखेलेको एक दशक नाघिसकेको छ ।

भारत र पाकिस्तानले पछिल्लो पटक सन् २०१९ को विश्वकपमा अन्तिम एकदिवशीय क्रिकेट खेलेको थिए । उक्त खेलमा पाकिस्तान ८९ रनले पराजित भएको थियो । त्यसयता यी दुई टिमबीच ट्वान्टी–२० विश्वकप र एसिया कपमा प्रतिस्पर्धा भए पनि दुवै टी–२० संरचनाको क्रिकेट थियो । 

KFC Island Ad
NIC Asia

एकदिवसीय क्रिकेटमा ‘हेड टू हेड’ 
एसिया कपमा पाकिस्तानभन्दा भारतको प्रभाव धेरै छ । एसिया कपमा यी दुई टिमबीच भएको १२ एकदिवसीय खेलमध्ये भारतले सात खेल जितेको छ । बाँकी पाँच खेलको नतिजा पाकिस्तानले आफ्नो पक्षमा पारेको छ । 

समग्र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टिमबीच हालसम्म १३२ खेल भएका छन् । जसमध्ये पाकिस्तानले ७३ खेल आफ्नो पक्षमा पारेको छ । ५५ खेलको नतिजा भारतले आफ्नो पक्षमा राख्दा चार खेल भने नतिजाविहीन टुंगिएको थियो ।

Royal Enfield Island Ad

एकदिवसीय संरचनामा भएको एसिया कपमा भारतका कप्तान रोहित शर्माले पाकिस्तानविरुद्ध सबैभन्दा धेरै रन बनाएका छन् । रोहितले पाकिस्तानविरुद्धको सात खेलमा ३६७ रन बनाएका छन् । यो सूचीको दोस्रो स्थानमा तीन खेलमा २०६ रनसहित विराट कोहली र तेस्रो स्थानमा चार खेलमा १७९ रनसहित वीरेन्द्र सेहवाग छन् ।

पाकिस्तानबाट एकदिवसीय संरचनामा भएको एसिया कपमा भारतविरुद्ध सबैभन्दा धेरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा सोएब मलिक छन् । मलिकले पाँच खेलमा ४२८ रन बनाएका छन् । यसको दोस्रो स्थानमा युनिस खान छन् । उनले चार खेलमा २३८ रन बनाएका छन् । तेस्रो स्थानमा रहेका मोहम्मद हाफिजले दुई खेलमा १८० रन बनाएका छन् ।

आज श्रीलंकाको क्यान्डीस्थित पलेकेले रंगशालामा हुने यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro