राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल वाग्मती प्रदेश समिति पुनर्गठन भएको छ । शनिबार बिहान बालकुमारीमा आयोजित पुनर्गठन भेलाबाट जय गोलेको अध्यक्षतामा ४१ सदस्यीय समिति पुनर्गठन गरिएको छ ।
समितिको उपाध्यक्षहरुमा जिमी लामा, राजु महर्जन र प्रतिमा शाही छन् । मुख्य सचिवमा अर्जुन कुँवर चयन भएका छन् । समितिको सचिवहरुमा दावा छिरी शेर्पा, अजय निराला र लक्ष्मी थापा चयन भएका छन् ।
समितिको अनुशासन आयोगमा शुभरत्न गोले र निर्वाचन आयोगमा रोज मोक्तानलाई चयन गरिएको छ । जसपाको विधानले प्रदेश समिति ५१ सदस्यीय रहने व्यवस्था गरेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० १०:५४
प्रतिक्रिया दिनुहोस्