site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘एक भगवत् गीता’को ट्रेलर : बदला लिँदै विपीन 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा यौनिक अल्पसंख्यक लैंगिक समुदाय र मधेसको कथावस्तु समावेश छ । 

चलचित्रले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको छ । विपीन कार्की तेस्रोलिंगीका रूपमिा प्रस्तुत भएका छन् । बदलाको कथामा सिनेमा केन्द्रित रहेको ट्रेलरले संकेत गरेको छ । 

तेस्रोलिंगी चरित्रमा देखिएका विपीनले पितृसत्तात्मक सोच पाल्ने पात्रविरुद्ध विद्रोह गरेका छन् । सुहाना थापा र धीरज मगरको प्रेम सम्बन्ध र रोमान्स ट्रेलरमा समावेश छ । 

जनकपुरको सेटिङमा खिचिएको सिनेमामा अनुरागमान सिंह कुँवर, कविर खड्का र संजोग रसाईली खलपात्रको चरित्रमा देखिएका छन् ।

अन्तरजातीय प्रेमकथामा आधारित चलचित्रमा विपीन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको अभिनय छ । 

सुनील कुमार थापाको निर्माण रहेको सिनेमालाई झरना थापाले निर्देशन गरेकी छन् । चलचित्र यही भदौ २९ गते रिलिज हुँदै छ । 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro