site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘खुसी बालबालिका र अभिभावक’ पुस्तक बजारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमाली देश भुटानको कुल राष्ट्रिय खुसीको सिद्धान्तमा आधारित पुस्तक ‘खुसी : बालबालिका र अभिभावक’ प्रकाशन भएको छ । पुस्तक युवा आमाबुवा भएको परिवारमा परिवर्तन ल्याउन,  आमाबुबा तथा सन्तानलाई खुसी गराउन र तिनमा मानव अस्तित्वका नौ पक्ष स्थापित गराउन केन्द्रित छ । 

डा. साम्दु क्षेत्रीले लेखेको पुस्तकलाई डा. जयप्रसाद लम्सालले अनुवाद र डा. रमेश शुभेच्छुले भाषा सम्पादन गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आफैभित्र, अरूसँग, प्रकृतिसँग र यस अनन्त जगतसँग तादात्म्य राख्ने क्षमता र खुसी बढाउने विषयलाई पुस्तकले समेटेको छ । आमाबुबाका अनेक चुनौतीमध्ये समय व्यवस्थापन, आत्मीय नाता सम्बन्धको अभाव, अनिश्चित जीवनशैली, नैतिक मूल्य ग्रहण गर्ने क्षमताको कमी, अनावश्यक सूचनाको बोझ, संयुक्त परिवारको विखण्डन जस्ता मुख्य समस्या छन् । यस्ता चुनौतीको कसरी सामना गर्ने र आफ्ना सन्तानलाई खुसी बनाइराख्ने भन्ने सूत्र यस किताबले दिएको प्रकाशक वी रिडले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 
 
भुटानका पूर्वशिक्षामन्त्री ठाकुर एस. पौडेल लेख्छन्, ‘डा. क्षेत्रीको आफ्नै सन्तान हुर्काउँदा र खुसीका विषयमा प्रवचन दिँदाका अनुभवका साथै आध्यात्मिक तथा वैज्ञानिक परम्पराहरुको खोज अनुसन्धानका आधारमा लेखिएको यस पुस्तकले व्यक्तिको खुसी जीवनका बारेमा गहिरो अन्तरज्ञान दिएको छ ।’

बालबालिकाका लागि ठिक समयमा ठिक कर्म गरेर ठिक प्रतिफल प्राप्तिका लागि छलाङ मार्ने माध्यमका रूपमा आएको यो पुस्तकले अभिभावकले हिँड्नुपर्ने गोरेटो कसरी रेखांकन गर्ने भनेर सुझाव पनि दिएको छ । यसले आमाबुबालाई सोचेर उपयुक्त योजना बनाउन र एकीकृत विचारले सन्तान १६ वर्ष नहुँदासम्म तिनका प्रतिको जिम्मेवारीको बाटोमा निरन्तर लागिरहन सहयोग पुर्याउँछ । 

Global Ime bank

यस पुस्तकले भुटानी लोककथा, सामाजिक व्यवस्था, पूर्वीय र पश्चिमी धर्मदर्शन र संस्कृतिका विभिन्न उदाहरण, नैतिक कथा, चिनियाँ, एसियाली र अन्य लोकोक्ति, गीत, चलचित्र, विभिन्न अभिप्रेरक पुस्तक, पुराण, उपनिषद्, बौद्धग्रन्थका उदाहरणसमेत समेटेकाले यो आफैँमा विविध पक्षको महत्पूर्ण ज्ञान सागरको रूपमा आएको वी रिडको दाबी छ । 
    
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement