site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जलवायु परिवर्तनले नेपालमा परेको असरको क्षतिपूर्ति लिन पहल गर्नुपर्छ : मन्त्री महतो

काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद आगामी जलवायु सम्मेलनमा जलवायु परिवर्तनबाट मुलुकमा परेको असरको क्षतिपूर्ति लिन पहल गर्नुपर्ने बताएका छन् ।

नेपाल सरकार र यूएन वुमन नेपालको सहकार्यमा ‘द क्लाइमेट चेन्ज च्यालेन्ज ः एनी रोडम्याप फर जेन्डर रेस्पोन्सिभ एक्सन ?’ शीर्षकमा साथसाथै संस्थाद्वारा काठमाडौंमा आयोजित जलवायु सम्मलेनका बोल्दै महतोले सरोकारवाला सबै संघसंस्था र नेपाल सरकार मिलेर पहल गर्नुपर्ने बताए ।

उनले जलवायु परिवर्तनसम्बन्धी आगामी अन्तर्राष्ट्रिय सम्मेलन (कोप—२८) मा धेरै उपलब्धि हासिल गर्न सकिने गरी सरकारले तयारी गरिरहेको जानकारी गराए ।

“विगतमा जलवायु सम्मेलनलाई गोष्ठी र विदेश भ्रमणको रुपमा बढी केन्द्रित गरेको पाइयो । तर, आगामी कोप—२८ मा सरकारले व्यापक तयारी गरेको छ,” उनले भने, “यसपाली पहिलोपटक एक लाख अमेरिकी डलर खर्चमा आफ्नै ‘पेभिलियन’ (वृहत मण्डला) राख्ने निश्चित भइसकेको छ । त्यसमा नेपालका मुद्दाबारे प्रदर्शन गरिनेछ । नेपालका हिमाल र नेपालले गरेका कामहरुबारे त्यहाँ जानकारी गराइनेछ ।”

Climate-change-1693583670.jpg

कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले हिमाल, पहाड र तराईका सबैतिर जलवायुले असर गरिरहेको र यसको मुख्य जोखिममा महिला, बालबालिका परिरहेको बताइन् ।

“युवाहरुले यसको जोखिम न्यूनीकरणका लागि काम गर्नुपर्ने र महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुमा परेको असरलाई सम्बोधन गर्नुपर्छ,” उनले भनिन्, “हामीले प्रकृतिलाई प्रेम गर्नुपर्छ भन्ने कुरालाई पछिल्लो पुस्तालाई सिकाउनुपर्छ ।”

कार्यक्रममा ‘महिला, युवा र जलवायु परिवर्तन ः जोखिम र आशा’ शीर्षकमा प्यानल डिस्कसन समेत गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  २१:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro