देश
काठमाडौं । लागुऔषध चरेश मुद्दामा दोषी ठहर भएर तीन दिनमात्र कैद भुक्तान बाँकी रहेको अवस्थामा फरार भएका एकजना पक्राउ परेका छन् ।
कञ्चनपुर जिल्ला अदालतबाट ०७९ वैशाख १३ गते भएको फैसलाले फरार भएका भीमदत्त नगरपालिका–५ का लछि तिरुवालाई आज प्रहरीले पक्राउ गरेको हो । उनलाई करिब १६ महिनापछि पक्राउ गरिएको हो ।
उनलाई तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८० १९:२१
प्रतिक्रिया दिनुहोस्