site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नबिल बैंक अन्तर्राष्ट्रिय ‘एम्बिसन्स एन्ड डेभलपमेन्ट’ एसियन अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंकले कम्बोडियाको सिम रीपमा आयोजित 'टक्स एसिया २०२३' मा ‘एम्बिसन्स एन्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एन्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ ।

कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो ।

Argakhachi Cement Island Ad

करिब दुई साताअघि अगस्ट १८ मा भएको कार्यक्रममा कम्पास प्लस टेक्नोलोजीका उपाध्यक्ष एवं पूर्वी संयुक्त क्षेत्रीय निदेशालयका प्रबन्ध निर्देशक सर्गेई पुटेनिखिनले नबिल बैंकका प्रमुख अपरेटिङ अफिसर गणेशप्रसाद अवस्थीलाई उक्त अवार्ड प्रदान गरेका थिए ।

कार्यक्रममा बंगलादेश, कम्बोडिया, मलेसिया, भारत लगायत विभिन्न देशका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

“हामीले नेपालमा ल्याएको विभिन्न नवीनतम डिजिटल बैंकिङ सेवाहरूका लागि यो प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाउनु हाम्रो लागि गौरवको कुरा हो,” नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले भने ।

यस अवार्डले बैंकलाई हौसला मिलेको बताउँदै उनले भने, “हामीले नेपालमा अन्तर्राष्ट्रिय डिजिटल बैंकिङ सेवाहरू ल्याएका छौँ । यो सम्मानले पक्कै पनि हामीलाई डिजिटल बैंकिङमा ग्राहकहरूको अनुभवलाई सहज बनाउन थप काम गर्न प्रोत्साहित गरेको छ ।”

निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले नेपालमा पहिलोपटक कम्प्युटराइज्ड बैंकिङ प्रणाली ल्याएको थियो । नबिलले आफ्नो ३९ वर्षको यात्रामा बैंकिङ क्षेत्रमा नवीन तथा नयाँ प्रविधिहरू निरन्तररूपमा भित्र्याउँदै आएको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १८:११
प्रतिक्रिया दिनुहोस्