site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाल विश्वकै सुन्दर मुलुक हुनसक्छ : सभामुख घिमिरे
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर मुलुकहरूको सूचीमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताएका छन् । नेपाललाई विश्वकै सुन्दर देशको अग्रणी बनाउन त्यसै अनुसारको अध्ययन, विश्लेषणको जरुरी रहेको पनि बताए ।

शुक्रबार ललितपुरस्थित महालक्ष्मी नगरपालिकाले लाँकुरी भञ्ज्याङमा स्थापना गरेको मनमोहन मेमोरियल टावर परिसरमा लागिगुँरास फूलको बिरुवा रोपेपछि उनले सञ्चारकर्मीमाझ नेपाल सुन्दर देश भएपनि त्यसलाई अगाडि बढाउनेगरी अध्ययन र अनुसन्धानको पाटोमा काम हुन नसकेको बताए ।

Argakhachi Cement Island Ad

उनले भने, "संसारको सुन्दर मुलुकहरूमा सबभन्दा अगाडि नेपाल हुनसक्छ । तर, त्यही ढंगको अध्ययन गर्ने, हेर्ने, विश्लेषण गर्ने भइरहेको छैन । अहिले महालक्ष्मी नगरपालिकाले यो क्षेत्रलाई एउटा पर्यटनको हिसाबले आकर्षक क्षेत्रको रूपमा विकास गर्ने जे सुरुवात गरेको छ । यो राष्ट्रकै हितको लागि, राष्ट्रलाई नै आकर्षण गर्नका लागि, राष्ट्रलाई समृद्ध बनाउनका लागि नेपाली जनता र नेपाली जातिहरुले गौरव गर्ने चिजको रुपबाट विकास गर्ने सुरुवात हो भन्ने मलाइ लाग्दछ ।"

सभामुख घिमिरेले लाँकुरी भञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने अभियान चलाएको भन्दै महालक्ष्मी नगरपालिकाप्रति खुसी व्यक्त गर्दै यसले मुलुकलाई समृद्ध बनाउन र पर्यटनमार्फत समृद्धिको योजना बनाउन पनि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे ।

उनले नेपालप्रतिको आकर्षण, आम्दानी बढाउन सो क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले महालक्ष्मी महानगरपालिकाले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूरुपमा विकास गर्ने अभियान चलाएको बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्