site stats
बाह्रखरी :: Baahrakhari
देश
एन्टिबायोटिक औषधिको खोलमा रातो धर्का अनिवार्य राख्नुपर्ने

काठमाडौं । औषधि व्यवस्था विभागले एन्टिबायोटिक औषधिको खोलमा अनिवार्य रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ ।

विभागले अन्तर्राष्ट्रिय प्रचलनअनुसार भित्री र बाहिरी प्याकिङमा रातो धर्काले संकेत गर्ने निर्णय गरेको हो ।

औषधिको प्रयोगकर्ता र गैरस्वास्थ्यकर्मीले समेत सजिलै पहिचान गर्न र यसको अनावश्यक प्रयोगबारे सचेतना बढाउने सो नियम प्रयोगमा ल्याउन लागिएको हो ।

निर्णयअनुसार २०८० भदौ ११ गतेको मितिबाट बढीमा ६ महिनापछि उत्पादन हुने औषधिका लागि यो नियम लागु हुनेछ ।

‘ख’ वर्गका एन्बिायोटिकको बाहिरी र भित्री प्याकिङमा लेवलमा सो धर्का राख्नुपर्नेछ ।

प्रतिजैविक-(ANTIMICROBIALS)-औषधिको-लेवलमा-रातो-धर्का-(Red-Line)-राख्ने-सम्बन्धि-अत्यन्त-जरुरी-सूचना-I-1693556099.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्