site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतसँगको खेलका लागि तयार पाकिस्तानी कप्तान बाबर आजम
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाकिस्तानका कप्तान बाबर आजमले एसिया कप–२०२३ मा शनिबार हुने भारतविरुद्धको खेलका लागि आफू पूर्ण आत्मविश्वासी रहेको बताएका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाललाई २३८ रनले हराउँदै पाकिस्तानले सुखद सुरुआत गर्दा कप्तान बाबरले १५१ रनको शतकीय इनिङ खेलेका थिए ।

बाबरसँगै इफ्तिखर अहमेदले अविजित १०९ रन बनाएपछि पाकिस्तानले नेपालविरुद्ध ३४२ रनको योगफल खडा गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

३४३ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेपाल २३.४ ओभरमा १०४ रनमै समेटिएपछि पाकिस्तानले सहज जित निकालेको थियो ।

नेपालविरुद्धको खेलमा ‘म्यान अफ दी म्याच’ समेत चुनिएका बाबरले शनिबार श्रीलंकामा हुने भारतविरुद्धको बहुप्रतिक्षित खेलका लागि आफू तयार रहेको बताए ।

Global Ime bank

“नेपालसँगको खेल भारतविरुद्धको खेलअघि राम्रो तयारी गर्ने अवसर बन्यो । यसले हामीमा अझ आत्मविश्वास थपिदिएको छ,” बाबरले भने, “भारत–पाकिस्तानको खेल सँधै दबाबपूर्ण हुने गर्दछ । हामी सबैखेलमा आफ्नो शतप्रतिशत दिन चाहन्छौँ । भारतसँग पनि यही लयलाई कायम राख्छौँ भन्ने आशा छ ।”

एकदिवसीय वरीयतामा पाकिस्तान आईसीसीको शीर्ष स्थानमा छ । विश्वकै नम्बर एक एकदिवसीय टिमको नेतृत्व गरिरहेका बाबर पनि ब्याटिङ वरीयताको शीर्ष स्थानमा छन् ।

नेपालविरुद्ध पाकिस्तानले दुवै ओपनरलाई सस्तैमा गुमाएको थियो । तर, बाबरले मोहम्मद रिजवानसँग तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गर्दै पाकिस्तानको ब्याटिङ सम्हालेका थिए । बाबरलाई तेस्रो विकेटको साझेदारीमा साथ दिएका रिजवान ४४ रनमा पभेलियन फर्किएका थिए ।

नेपालविरुद्ध बाबरले अर्धशतक पूरा गर्न ७२ बल खेलेका थिए । त्यसपछि केही उनले १०९ बलमा शतक पुर्‍याए । शतकपछि १५० को स्कोरसम्म पुग्दा बाबर निक्कै आक्रामक देखिए । उनले अन्तिम ५१ रन बनाउनका लागि २२ बलमात्र खेले ।

“ब्याटिङका लागि मैदानमा जाँदा, बल राम्रोसँग ब्याटमा आइरहेको थिएन । यसैकारण मैले विस्तारै रिजवानसँग इनिङ सम्हाल्ने प्रयास गरे,” बाबरले भने, “इफ्खिरले पनि निकै राम्रो इनिङ खेले । इफ्तिखर ब्याटिङका लागि आउँदा मैले उनलाई आफ्नो प्राकृतिक शैलीमा खेल्न सुझाएको थिए ।”

पाकिस्तानले भोलि (शनिबार) श्रीलंकाको क्यान्डीमा भारतविरुद्ध समूह चरणको दोस्रो खेल खेल्दै छ । यो खेल जिते पाकिस्तान समूह विजेताको रूपमा अन्तिम चारमा प्रवेश गर्नेछ । क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement