site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्रपति पौडेललाई अमेरिकी संसदीय प्रतिनिधिमण्डलले भेट्यो
SkywellSkywell

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । मार्क पोकनको नेतृत्वमा आएको अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलले बिहीबार राष्ट्रपति भवन शीतलनिवास पु्गेर भेटवार्ता गरेको हो ।

भेटमा राष्ट्रपति पौडेलले समाजमा मानवीय मूल्य कायम गर्नका लागि सबैभन्दा पहिले लोकतन्त्र स्थापित हुन जरुरी रहेको बताएका छन् । पछिल्लो समय लोकतन्त्रको स्थापनासँगै नेपालमा नयाँ संविधानले समावेशी प्रावधानसहितका मानवीय मूल्यहरूलाई स्थापित गरेको धारणा पनि राखेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

राष्ट्रपति पौडेलले लोकतन्त्रका लागि नेपालमा भएको लामो संघर्षका कारण विभिन्न सिमान्तकृत समुदायका समस्याहरू महसुस गरी नयाँ संविधानमा मानवीय मूल्यलाई समेट्न सकिएको सन्दर्भ उल्लेख गरेका थिए ।

लामो संघर्षपछि नेपालमा लोकतन्त्र स्थापित भए पनि त्यहीअनुसारको सामाजिक व्यवस्था र अवस्था परिवर्तन गर्न धेरै काम गर्न बाँंकी रहेको बताएका थिए । पौडेलले अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणका एजेण्डा नेपालका लागि महत्वपूर्ण हुने बताएका थिए ।

“गरिबीमा नै मानवीय मूल्यविरुद्धका विकृतिहरू देखा पर्छन्, गरिबी हटेपछि मात्र विकृतिहरू क्रमशः आफंै हट्दै जाने हो,” राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै सल्लाहकार पोखरेलले भने, “गरिबीका कारण नेपाली जनताले धेरै समस्या भोग्नुपरेको छ । त्यो समस्याबाट जनताको जीवनस्तर माथि उठाउन हामी कोसिस गरिरहेका छौँ । त्यसमा अमेरिकाजस्ता मुलुकहरूको सहयोग हाम्रा लागि महत्वपूर्ण हुन्छ ।”

अमेरिकी प्रतिनिधिमण्डलले भने नेपालको संविधान अग्रगामी रहेको भन्दै महिलासम्बन्धी हकअधिकारको व्यवस्था अमेरिकाभन्दा अगाडि भएको बताएका थिए । उनीहरुले आफूहरूको भ्रमणको उद्देश्य पनि नेपालमा मानवीय मूल्य स्थापित गर्न के के गर्न सकिन्छ भनेर छलफल गर्नु रहेको बताएका थिए ।

मानवअधिकार, श्रम, आप्रवासन, बालविवाह, रोजगारी, व्यापार तथा जनताको न्यायमा पहुँचजस्ता विषयमा छलफल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu