site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एसियन गेम्सका लागि नेपालबाट भलिबलका रेफ्री चौलागाईं छनोट
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनको हाङझाउ सहरमा हुने एसियन गेमका लागि नेपालबाट भलिबलका अन्तर्राष्ट्रिय रेफ्री पूर्णप्रसाद चौलागाईं छनोट भएका छन् ।

एसियाली भलिबल महासंघ (एभीसी)ले नेपालबाट सिफारिस गरिएका पाँचजनामध्ये क्षमता, दक्षता र वरीयताका अधारमा चौलागाईंलाई एसियाली खेलकुदका लागि छनोट गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल भलिबल संघले चौलागाईंसहित प्रतियोगिताका लागि विजय केसी, टहल सिंह थापा, विकास गुरुङ, गौतम प्रसाद लासिवाको नाम सिफारिस गरेको थियो ।

छनोट भएका चौलागाईंले एसियाकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत भलिबल खेल खेलाउनेछन् । भलिबलतर्फ नेपालबाट प्रतियोगितामा महिला र पुरुष गरी दुइटा टिम सहभागी हुँदै छन् । चौलागाईं १६ सेप्टेम्बरमा चीन प्रस्थान गर्नेछन् ।

Global Ime bank

एसियाली खेलकुदको १९औँ संस्करण सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा आयोजना हुँदै छ ।

एसियाली खेलकुदमा नेपालले तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारोत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी, फेन्सिङ, ह्यान्डबल, टेबलटेनिस, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ र ब्याड्मिन्टन खेलले सहभागिता जनाउँदै छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय