अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख १२ हजार २५० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी तोलाको एक हजार ४८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी तोलाको एक हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० ११:४९
प्रतिक्रिया दिनुहोस्