site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
नेपालको वातावरणीय र डिजिटल क्षेत्रमा कोरियाली एजेन्सी कोइकाको सहयोग बढ्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीसँगको समन्वयमा कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी (कोइका)ले कोरियाली सरकारको सहयोगमा बनेको साइबर ब्युरो भवनको बुधबार शिलान्यास गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर र नेपालका लागि कोरियाली राजदूत एचई ताई योङ पार्कले संयुक्तरूपमा सामाखुसीमा भवनको शिलान्यास गरेका हुन् ।

‘नेपाल प्रहरीको क्षमता अभिवृद्धिसहित साइबर ब्युरो स्थापना’ परियोजनाअन्तर्गत साइबर ब्युरोको अत्याधुनिक भवन निर्माण भइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

भवनसँगै कोइकाले साइबर अपराध अनुसन्धान, डिजिटल फरेन्सिक ल्याब र नेपाल प्रहरीको सान्दर्भिक जनशक्तिको क्षमता अभिवृद्धिसम्बन्धी उपकरण उपलब्ध गराउने भएको छ ।

यसले साइबर अपराधविरुद्ध नेपाल प्रहरीको क्षमता बलियो बनाउने कोइकाको विश्वास छ ।

Global Ime bank

यो आयोजनाको कुल बजेट ८० लाख अमेरिकी डलर रहेको छ र सन् २०२६ सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। साइबर ब्युरोको भवन सन् २०२५ को फेब्रुअरीसम्ममा बनिसक्ने बताइएको छ ।

यस्तै, अर्को कार्यक्रममा कोइका र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार पोखरा महानगरपालिकामा रिसाइक्लिंग एवं अपसाइक्लिंग परियोजनाबाट हरित रोजगारी सिर्जना गर्ने परियोजनाको लागि रेकर्ड अफ डिसक्सन (आरओडी)मा हस्ताक्षर गरेको छ ।

उक्त आरओडीमा कोइका नेपालका निर्देशक मुहिओन कङ र मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले मन्त्रालयका सचिव विनोद प्रकाश सिंहको उपस्थितिमा हस्ताक्षर गरेका छन् ।

koica-nepal-3-1693405066.jpg

कोइकामार्फत कोरिया सरकारले यो आयोजनाका लागि ९८ लाख अमेरिकी डलर विनियोजन गरेको छ ।

यो परियोजनाको मुख्य लक्ष्य हरित अर्थतन्त्रमा योगदान पुर्‍याउने दिगो रिसाइकल र अपसाइक्लिंग उद्यमलाई प्रवर्द्धन गर्नु भएको बताइएको छ ।

परियोजनाले पोखराको मुटुमा हरित भेन्चर जोन (जीभीजेड) स्थापना गर्ने र यसले नयाँ एवं पुराना उद्यम वित्तीय, प्राविधिक र बजार विस्तार जस्ता व्यवसाय इन्क्युवेसन सहयोग प्रदान गर्ने उद्देश्य रहेको छ ।

परियोजनाले पोखरामा ३० भन्दा बढी रिसायकल अपसाइकल (आरयू) उद्यम स्थापना गर्ने र हजारौँका लागि हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ।

यो परियोजनाले सामुदायिक स्तरमा व्यवहारिक परिवर्तन ल्याउँदै घरेलु फोहर छुट्याउने बानी बसाल्ने र यसले फोहर फाल्ने साइट व्यवस्थित पनि हुने विश्वास गरिएको छ ।

महत्त्वपूर्णरूपमा रिसाइकल, अपसाइकल, इनोभेसन र स्टार्टअप बुझ्न कोइकाले जीभीजेड स्थापना गर्ने भएको हो ।

जीभीजेडले रिसाइकल र अपसाइकल सामग्रीबाट बनेका उत्पादन बिक्रीका लागि आउटलेट सञ्चालन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा प्रदर्शनी पनि गर्नेछ ।

नेपाल कोइकाको प्राथमिकतामा परेको देश भएकाले पछिल्ला वर्षहरूमा नेपालमा कोइकामार्फत कोरिया सरकारको सहयोग निरन्तर बढ्दै गएको छ ।

नेपालमा कोइकाको सहायता बजेट बढेको मात्रै नभएर यसको क्षेत्र पनि विस्तार भएको छ ।

कोइकाले ग्रामीण विकास, कृषि क्षेत्र र वातावरणीय क्षेत्रमा ध्यान केन्द्रित गरेको छ। विगत दुई दशकमा कोइकाले नेपालमा स्वास्थ्य, प्राविधिक शिक्षा, ई–गभर्नेन्स र ग्रामीण विकास क्षेत्रमा विभिन्न परियोजना सफलतापूर्वक कार्यान्वयन गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  २०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय