राजनीति
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । सिरहाको विष्णुपुरकट्टीमा बैठक बसेको हो ।
यसअघि भदौ ९ गते बस्ने तय भएको बैठक मौसमका कारण स्थगित भएको थियो ।
एमालेले इतिहासको स्मरण गर्दै सचिवालय बैठक विष्णुपुरकट्टीमा बसेको हो । ०४६ साल भदौ ९ गतेदेखि १४ गतेसम्म तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन विष्णुपुरकट्टीमा नै भएको थियो ।
एमालेले ३४ वर्षपछि महाधिवेशन गरिएको घरमा नै बैठक बसेको हो ।
त्यस्तै, कम्युनिस्ट पार्टी ७५ वर्ष पुगेको अवसरमा स्मारकको शिलान्यास पनि गर्ने कार्यक्रम पनि छ ।
मालेको चौथो महाधिवेनबाट झलनाथ खनाललाई हटाएर मदन भण्डारी महासचिव चुनिएका थिए । संयुक्त जनआन्दोलनको वैचारिक विजारोपण चौथो महाधिवेशनबाटै भएको थियो ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १५:५६
प्रतिक्रिया दिनुहोस्