site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चालु पुँजी कर्जा मार्गदर्शन संशोधन सकारात्मक : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनलाई सकारात्मक रूपमा लिएको छ । 

मंगलबार धारणा सार्वजनिक गर्दै महासंघका माग आंशिक संशोधन भएको भन्दै यसलाई सकारात्मक रूपमा लिएको छ । नेपाल राष्ट्र बैंकले गत सोमबार चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको थियो ।

तर, सोही दिन एकीकृत निर्देशनमा संशोधन गरी कर्जा सम्बन्धमा गरिएको व्यवस्थाप्रति भने महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएइएको छ । 

एकीकृत निर्देशनमा कुनै पनि कर्जा निक्रिय वर्गमा (पुनर्संरचना र पुनर्तालिकीकरण बाहेक) वर्गीकरण भएमा कर्जाको भाका नाघेको बक्यौता रकम भुक्तानी गरी लगातार ६ महिनासम्म कर्जाको किस्ता वा ब्याज नियमित भएको अवस्थामा मात्र असल वर्गमा स्तरोन्नति गरी सोहीबमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निक्रिय वर्गमा वर्गीकरण भएमा समूहमा रहेका अन्य ऋणीहरूको व्यावसायिक अर्न्तरसम्बन्धबाट पर्ने असरको विश्लेषण गरिने बताइएको छ । उक्त ऋणीबाट प्रत्यक्ष रूपमा प्रभावित हुने समुहका अन्य ऋणीहरूलाई समेत सोही निक्रिय वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

यी दुई प्रावधानले निजी क्षेत्रलाई हतोत्साही बनाउनुका साथै बैंक वित्तीय संस्थाको खराब कर्जा अनुपात बढ्न गएर अर्थतन्त्रमा नै प्रतिकूल असर पर्ने महासंघको धारणा छ । महासंघले यसमा तत्काल संशोधन गर्न माग गरेको छ ।  

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र विभिन्न समुदायप्रति विविध किसिमका नकारात्मक प्रचार एवं टिकाटिप्पणी भइरहेकोप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ ।

यसरी सामाजिक सद्भाव र व्यावसायिक वातावरणमा खलल् पुग्नेगरी भइरहेका गतिविधिले अर्थतन्त्र र सामाजिक संरचनामा नै नकारात्मक प्रभाव पर्ने हुँदा यसतर्फ सचेत रहन महासंघले आग्रह गरेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro