site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाल्पामा गुडिरहेको स्कोरपियो पहिरोमा पुरियो, तीन जनाको मृत्यु, पाँच घाइते 

काठमाडौं । पाल्पाको तानसेन नजिकै गुडिरहेको स्कोरपियो गाडी पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

लु १ ज ४६०० नम्बरको स्कोरपियो पहिरोमा परेको हो । बिहान गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको गाडी तानसेन नजिकै पर्ने जोर्तेमा पहिरोमा पुरिएको थियो । माथिबाट खसेको ठूला ढुंगासहितको पहिरोमा गाडी परेको थियो । दुर्घटनामा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ ।

गाडी चालक बालकृष्ण श्रेष्ठ सामान्य घाइते भएका छन् भने रुरु रेसुंगा यातायातको स्कोरपियोमा पुरिएर मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेको पत्रकार जगदिश भट्टराईले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा ५० वर्षकी मनकला चुदारा, पाल्पाका प्रहरी सहायक हवल्दार यमबहादुर बोहोरा र पोखराका विनोद तिमिल्सिना रहेका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ११:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro