site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मिडिया र सामाजिक सञ्जालले आरोप लगाउँदैमा कोही दोषी हुँदैन : वर्षमान पुन
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले मिडिया र सामाजिक सञ्जालमा आएकै भरमा सत्ता वा प्रतिपक्षी दलको नेता गलत नहुने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले मिडिया तथा सामाजिक सञ्जालले आरोप लगाउँदैमा कोही दोषी नहुने र उनीहरूको पछि राज्यसंयन्त्र जबजरस्ती लाग्न नपर्ने धारणा राखे । उनले तथ्य र प्रमाण पुग्छ भने जो कोहीलाई छाड्न नहुनेमा पनि जोड दिए ।

Dabur Nepal
NIC Asia

“सरकारको संयन्त्र दक्ष र स्वतन्त्र छन् विश्वासमा छन् भन्ने बुझ्नु पर्छ । सदनले आवश्यक कार्यदल बनाउने अन्यथा र प्रतिष्ठाको विषय बनाउनुहुँदैन,” उनले भने ।

माओवादी केन्द्रको उपमहासचिव समेत रहेका पुनले अहिले एक शक्तिशाली आयोग बनाइ नेपालको राष्ट्रिय सांस्कृतिक नीति कस्तो हुने भनेर कार्य अघि बढाउनुपर्ने धारणा राखे । साथै उनले धरानदेखि देशका विभिन्न क्षेत्रमा साम्प्रदायिक सद्भाव राख्नुपर्ने चुनौती अहिले देखा परेको जानकारी दिए ।

“विभिन्न आन्दोलनहरूले राजनीतिक परिवर्तनले नयाँ उपलब्धि हासिल गरेका छौँ । देश धर्म निरपेक्ष गणतन्त्र देशको रूपमा काम गरिरहेका छौँ । अतिवादहरू देखा परेका छन् । कुनै पनि यस्ता अतिवादलाई प्रशंय दिनु हुँदैन,” उनले भने ।

उनले प्रत्येक समुदायको सांस्कृतिक स्वायत्तालाई सम्मान गर्नुपर्ने भन्दै विभेदरहित समाज बनाउने दिशामा अघि बढ्नुपर्ने जिकीर गरे ।

साथै उनले शान्ति प्रकृयाको बाँकी रहेको काम पुरा गर्न सदनमा रहेको टीआरसी विधेयक पास गर्नुपर्नेमा जोड दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro