site stats
बाह्रखरी :: Baahrakhari
देश
अख्तियारलाई सरकारी वकिलको पत्र– विमानस्थल भन्सारका सबै कर्मचारीमाथि छानबिन गर्नू
Argakhachi Cement Island Ad

काठमाडौं । सुन तस्करी प्रकरणलाई लिएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रमुखसहित सबै कर्मचारीमाथि छानबिन गर्न आयोगलाई पत्राचार गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता महेश खत्रीले जानकारी दिए । 

“सुन तस्करी सहजरूपमा भइरहेको देखियो । यस्तो अवस्थामा तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेकाबाहेकका कर्मचारीलाई पनि अनुसन्धान गर्न जरुरी देखियो,” प्रवक्ता खत्रीले बाह्रखरीसँग भने,  “त्यही कारण हामीले प्रमुखदेखि सबै कर्मचारीमाथि छानबिन गर्न अख्तियारलाई पत्राचार गरेका हौँ ।”

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्