site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटो पारित गराउन पहल गर्नेछु : सुवेदी

काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिकी नवनिर्वाचित सभापति विमला सुवेदीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गराउन पहल गर्ने बताएकी छन् ।

सोमबार समिति सभापतिमा निर्वाचित भएसँगै सभापति सुवेदीले समितिमा रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गराउन पहल गर्ने बताइन् ।  

उनले सबै समिति सदस्यहरूको साथ, सहयोगले विधेयक पारित हुने विश्वास व्यक्त गरिन् । समितिले दिएका निर्देशनहरू सरकारलाई छिटो कार्यान्वयन गराउन लागि पर्ने उनको भनाइ छ । 

“हामी समितिको तर्फबाट पहल गर्छौ र निर्णयहरूलाई छिटोभन्दा छिटो कार्यान्वयन गराउनको निम्ति लागि पर्छौ । म आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्छु । अहिलेसम्म समितिले पूर्णता नपाइसकेको कारणले गर्दा पनि अलिकति ढिला भएको हो । अब समितिले पूर्णता पाइसकेपछि सरकारले समितिले गरेका निर्णयहरूको कार्यान्वयनका निम्ति गम्भीरतापूर्वक ध्यान दिनेछ भन्ने विश्वास मैले लिएको छु,” उनले भनिन्, “त्यसको कार्यान्वयन गराउनका लागि हाम्रो तर्फबाट एकदमै धेरै पहल गर्नेछौँ । विधेयकलाई पास गराउनको निम्ति समितिले छिटोभन्दा छिटो पास गराउनको निम्ति हामी पहल गर्छौ । मलाई विश्वास छ पास हुन्छ । समितिका सबैको साथ, सहयोगबाट यो पास हुन्छ भन्ने मलाई विश्वास छ ।”
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro