site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको रूपान्तरण अभियान टोलीले गराए चार विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसको रूपान्तरण अभियान टोलीले बालुवाटारमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटघाट गरेको छ ।

ललितानिवास प्रकरण, कोसीमा गठबन्धनले विश्वासको मत लिँदा संविधान मिचेको, भुटानी शरणार्थी प्रकरण र सुन प्रकरणमा संलग्नहरूलाई कारबाहीको माग गर्दै अभियानले प्रधानमन्त्रीलाई भेटेको हो ।

अभियान्ता तथा केन्द्रीय सदस्य मधु आचार्यका अनुसार भेटमा सरकार बनाउँदा गठबन्धन भए पनि अपराधी छुटाउने विषयमा गठबन्धन नगर्न आग्रह गरिएको जानकारी दिए । बिहान साढे ७ बजे बालुवाटार पुगेर आफूहरूले चार विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए ।

“सरकार बनाउन गठबन्धन गरेपनि अपराधी छुटाउन गठबन्धन नगर्नुहोला । महरा बाउछोराको नाम मुछिएपछि सुन छानबिनमा असर गर्छ कि भन्ने जनमानसमा छ भनेर हामीले भन्यौं,” उनले भने, “प्रधानमन्त्रीले हामीलाई आश्वासन दिनुभएको छ । हामीले उठाएको विषयलाई निचोडमा पुर्‍याउँछु भन्नुभएको छ ।”

यस्तै अभियानमा घरानमा भइरहेको विवाद, कोसीमा विश्वासको मत लिँदा व्यवस्था र विधानको उल्लंघन, दण्डहिनताको अन्त्यलगायत विषयमा कुरा उठाएको आचार्यले जानकारी दिए । देशमा सुशासन कायम गर्न भ्रष्टाचारमा संलग्न जुनसुकै तहको नेता भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग रूपान्तरण अभियानले गरेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १३:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro