site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

ओखलढुंगा । ओखलढुंगाको भुसुने जंगलमा पहिरो खस्दा सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । बिहीबारदेखिको अविरल वर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित भुसुनेको जंगलमा आज बिहान सडकमाथिबाट पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले पहिरो पन्छाउन अस्थायी प्रहरी पोस्ट केतुकेबाट टोली खटिएको जानकारी दिए ।

Argakhachi Cement Island Ad

सडक अवरुद्ध भएपछि ओखलढुंगा र सोलुखुम्बुबाट राजधानी काठमाडौं र तराईका जिल्लाका लागि छुटेका सवारी ओखलढुंगाको मिलनचोक, रमाइलोडाँडा क्षेत्रमै रोकिएका छन् ।

निरन्तरकोे वर्षाका कारण जिल्लाभरका ग्रामीण सडकमा पहिराको जोखिम बढेको छ । अधिकांश सडक अवरुद्ध छन् । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्