site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘एक भगवत् गीता’को गीत सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘एक भगवत् गीता’को गीत सार्वजनिक गरिएको छ । शंकर अधिकारी घायलको शब्दरचना रहेको गीतमा बाबुल गिरीको एरेञ्ज, संगीत तथा स्वर छ । 

गीत ‘मायालाई चिनो’मा सिनेमाका मुख्य दुई पात्र धिरज मगर र सुहाना थापाको लभ केमेष्ट्री देखाइएको छ । गीतमा धिरज गुरुङ र सुहाना मधेसी समुदायको पात्रमा चित्रित छन् । 

अन्तरजातीय प्रेमकथामा आधारित चलचित्रमा धिरज र सुहानासँगै विपीन कार्की, कबीर खड्का, संजोग रसाइलीलगायत कलाकारको अभिनय छ । 

सुनीलकुमार थापाको निर्माण रहेको सिनेमाको निर्देशन झरना थापाले गरेकी हुन् । चलचित्र भदौ २९ गते रिलिज हुँदै छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro