site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नेपालमा धार्मिक र जातीय द्वन्द्व निम्त्याउन खोजेको हो ?’
फाइल तस्बिर।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले नेपालमा धार्मिक र जातीय द्वन्द्व निम्त्याउन खोजेको हो भन्दै प्रश्न गरेका छन् । उनले जातीय र धार्मिक युद्ध भए जनयुद्धभन्दा धेरै मानिसहरुले ज्यान गुमाउनुपर्ने धारणा राखे ।

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले राष्ट्रिय जनावर काटेर खाने तथा त्यसलाई मिडियाबाट प्रचार गर्ने काम भइरहेको बताए । सांसद सिंहले यही कारणले भारतको मणिपुरमा जस्तै जातीय र धार्मिक द्वन्द्व भए त्यसको जिम्मेवार को हुन्छ भन्दै प्रश्न गरे ।

“धार्मिक द्वन्द्व, जातीय द्वन्द्व भए जनयुद्धभन्दा धेरै मान्छे काटिनेछन् । यसमा आफ्नो क्षेत्रबाट एलर्ट गराउन चाहन्छु । भारतमा धार्मिक द्वन्द्व, जातीत्व द्वन्द्व भएको छ । यही दिन नेपालमा ल्याउन खोजेको हो ? नेपालमा पनि यही दिन आयो भने के हुन्छ ?,” उनले भने, “यसलाई रोक्नुपर्ने हाम्रो धर्म र दायित्व पनि हो । जो कोही मरे पनि भाइ, छोरा मर्नेछन् । हाम्रै नेपाली काटिने, कटाइने छ । यस्तोलाई कारबाही होस् भन्ने माग राख्न चाहन्छु ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro