site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सनवे कलेजले सुरु गर्‍यो डाटा साइन्स र एआईमा स्नातक कोर्स

काठमाडौं । काठमाडौंमा रहेको सनवे कलेजले डाटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा स्नातक डिग्रीसहित छोटो अवधिको प्रोफेसनल सर्टिफिकेसन कोर्सहरू सुरु गरेको छ । सनवे कलेजले नेपालमा एआई लिडरहरू सिर्जना गर्ने भिजनका साथ, डाटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्समा स्नातक डिग्रीको साथमा छोटो अवधिको व्यावसायिक प्रमाणीकरण पाठ्यक्रमहरू सुरु गरेको छ ।

यो कोर्सले देशभित्र र देशबाहिर पनि आईटीमा डाटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्स जनशक्तिको शून्यतालाई भर्न सक्ने अपेक्षा गरिएको छ ।

सनवे कलेजले बर्मिङ्घम सिटी युनिभर्सिटी, युकेसँग शैक्षिक साझेदारीमा बीएस्सी (अनर्स) कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्सको डिग्री प्रदान गर्दछ । टाइम्स हायर एजुकेसन वर्ल्ड र्‍याङ्किङ–२०२३ अनुसार विश्वव्यापी रूपमा ५०१–६०० स्थानमा रहेको कलेजले जानकारी दिएको छ । यो स्नातक डिग्री एक वर्षको प्रोफेसनल प्लेसमेन्टसहित ४ वर्ष अवधिको हुने पनि बताइएको छ ।

कलेजले विद्यार्थीलाई छात्रवृत्तिको अवसर पनि प्रदान गर्दछ । इच्छुक विद्यार्थीहरूले पाठ्यक्रमको लागि कलेजको वेबसाइटमा सम्पर्क गर्न सक्ने छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro