काठमाडौं । नेकपा (एकीकृत समाजावादी)का प्रमुख सचेतक मेटमणि चौधरीले भ्रष्टाचारमा दोषी देखिएका सत्तापक्ष र विपक्षी सबैलाई कारबाही गर्न माग गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले सरकारले लिएको ‘एक्सन’प्रति धन्यवाद पनि दिए । “सरकारलाई जुन गतिले अघि बढिरहेको छ, अपराधीलाई एक्सन लिने कुरामा जुन् भूमिका निर्वाह गरेको छ, सरकारलाई धन्यवाद,” उनले भने ।
यो बीचमा नक्कली भुटानी शरणार्थी, गिरीबन्धु टी स्टेट, गोकर्ण रिसोर्टको जग्गा, सुन बालुवाटारको जग्गा प्रकरणको विषय उठेको बताए । दोषीलाई कारबाही गर्न निर्देशन दिन सभामुखलाई आग्रह पनि गरे ।
“दोषी जो भए पनि जस्ताको तस्तै जनताले देख्ने गरी, महसुस हुने गरी, भ्रष्ट आचारणसँग जोडिएका सत्तापक्ष होस् या सत्ताभन्दा बाहिर । अपराधीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिन सभामुख महोदय आग्रह गर्दछु,” उनले भने ।