राजनीति
काठमाडौं । कोसी प्रदेशमा संविधान मिचेर सरकारले विश्वासको मत लिएको विषयले प्रतिनिधिसभामा प्रवेश पाएको छ ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा (एमाले)का सांसद योगेश भट्टराईले कोसीमा सत्तापक्षले संविधानमाथि ठाडो हस्तक्षेप गरेको भन्दै यो घटना निन्दनीय भएको जिकिर गरे ।
“कोसी प्रदेशमा संविधानमाथि निर्घात आक्रमण भएको छ । सभामुखको आसनमा बसेको व्यक्तिले बराबर हुँदा निर्णायक मत हाल्ने हो । तर, आफै मत हाल्न जानु संविधानमाथिको ठाडो हस्तक्षेप हो,” उनले भने, “यो संविधान हामीले बनाएको हो । कोसी प्रदेशमा जे गतिविधि भयो, नेपालको इतिहासमा निन्दनीय घटना भएको छ ।”
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० १६:३४
प्रतिक्रिया दिनुहोस्