site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सातै प्रदेशमा बिहानैदेखि वर्षा, यी भू–भागमा हुनेछ आज भारी वर्षा
फाइल तस्बिर

काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

पाँचवटा प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने विभागले जनाएको छ । नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने भएकाले आवश्यक सतर्क रहन विभागले सचेत गराएको छ । 

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा रहेको छ । नेपालमा हाल भारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro