site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी सरकारविरुद्ध फेरि सर्वोच्च जाँदै एमाले
हिक्मत कार्की । फाइल तस्बिर ।

काठमाडौं । कोसी सरकारविरुद्ध नेकपा (एमाले) फेरि सर्वोच्च अदालत जाने भएको छ । मुख्यमन्त्री उद्धव थापाले असंवैधानिकरूपमा विश्वासको मत लिएको निष्कर्ष निकालेको एमाले सर्वोच्च अदालत जाने भएको हो ।

मंगलबार विराटनगरमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा कोसी एमाले संसदीय दलका नेता हिक्मत कार्कीले विभिन्न क्षेत्रका विज्ञहरूसँगको परामर्शपछि आफूहरू सर्वोच्च जान लागेको जानकारी दिएका हुन् ।

"हामीले संविधानका विज्ञहरूसित, वरिष्ठ अधिवक्ताहरू र विभिन्न क्षेत्रहरूका व्यक्तित्वहरूसित एक खालको परामर्श गर्‍यौँ । अब सरकारको विपक्षमा हामी सर्वोच्च अदालत जाने तय गरेका छौँ," कार्कीले भने ।

सोमबार मुख्यमन्त्री थापाले सभाध्यक्षको समेत मत जोडेर विश्वासको मत लिएका थिए ।

यसअघि सभामुखको समेत समर्थनमा थापा मुख्यमन्त्री बनेपछि एमाले सर्वोच्च गएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro