site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
जसपाले तोक्यो प्रदेश र विभागको जिम्मेवारी, कसलाई के जिम्मेवारी ?
SkywellSkywell

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको छ । बैठकले पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशिला श्रेष्ठलाई वाग्मती प्रदेश इन्चार्ज, राजकिशोर यादवलाई लुम्बिनी प्रदेश इन्चार्ज, प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इन्चार्ज र गोविन्द चौधरीलाई सुदुरपश्चिम प्रदेश इन्चार्ज तोकेको छ ।

बैठकले कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतको अध्यक्षतामा चन्देश्वरप्रसाद सिंह, पेशल ढकाल, न्हुच्छेलाल महर्जन र देवनारायण याादव रहेको केन्द्रीय कार्यालय समिति गठनसमेत गरेको छ । 

KFC Island Ad
NIC Asia

बैठकले संगठन विभागको प्रमुखमा केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ । विभागका सदस्यहरूमा रेणु यादव र लाक्पा शेर्पा रहेका छन् । संघीय मामिला तथा स्थानीय तह विभाग प्रमुखमा लालबाबु राउत र सदस्यहरूमा शैलेन्द्र साह र सनबहादुर राई रहेका छन् । सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागमा मनिसकुमार सुमन र सदस्यहरूमा लक्ष्मण हुमागाईं र योगराज वनेम रहेका छन् । 

युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुखमा रमेशबाबु श्रेष्ठ रहेका छन् भने विदेश्वर यादव, दीपक दोर्जे लामा र वीरेन्द्र प्रधान सदस्य रहेका छन् । महिला विभागमा लिला सिटौला सदस्यहरूमा उर्मिला साह, मञ्जु अन्सारी, विनिता यादव र किरण साह, निर्मला यादव, भगवती सुवेदी, रेणुका सिंह, अञ्जना शेर्पा, शोभा बज्राचार्य र कमला विश्वकर्मा रहेका छन् । 

त्यस्तै, बैठकले केन्द्रीय सदस्य मनोरञ्जन गोइतमाथि गरिएको अनुशासनको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro