site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले महासचिव भन्छन्– अब त अति भो !
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कोसी प्रदेशमा सत्ता गठबन्धनले लोकतन्त्र र संविधानको हुर्मत लिएको बताएका छन् । मुख्यमन्त्री उद्धव थापाले विवादास्पदरूपमा आज विश्वासको मत लिएपछि एमाले महासचिव पोखरेले गठबन्धनले पटकपटक संविधानको हुर्मत लिइरहेको टिप्पणी गरेका हुन् ।

सोमबार राति फेसबुकमा उनले लेखेका छन्, "संविधान रक्षाको दाबी गर्ने गठबन्धनले लोकतन्त्र र संविधानको हुर्मत लिएको देख्दा भन्नै पर्ने भो– अब त अति भयो ।"

उनले नेपालको संविधानले सभामुखको भूमिका तटस्थ र निष्पक्ष हुने मान्यता राखेको तर कोसीमा गठबन्धनले सरकार गठनका लागि सभामुख हुँदै सभाध्यक्षलाई पनि असंवैधानिक रूपमा प्रयोग गरेको टिप्पणी गरेका छन् ।

"यसरी पटकपटक संविधानको हुर्मत लिने सत्ता गठबन्धनले संविधान रक्षाको दाबी गर्नु ‘सौ चुहे खाकर बिल्ली चली हजको’ भने जस्तै हो । त्यसैले सबैले एकस्वरमा भनौं, ‘इनफ इज इनफ," उनको भनाइ छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २१:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro