site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपसभामुख अनुपस्थित भएपछि कानुनी परामर्शमा प्रदेशसभा सचिवालय

विराटनगर । कोसी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार आफैँले बोलाएको प्रदेशसभा बैठक छलेर काठमाडौं हिँडेपछिको परिस्थितिबारे प्रदेशसभा सचिवालयले कानुन व्यवसायीसँग परामर्श थालेको छ ।

उपसभामुख दनुवारले बिरामी भएको भन्दै अनुपस्थित हुने सूचना दिएपछि प्रदेशसभाको बैठक कसरी सञ्चालन गर्ने भन्नेबारे सचिवालयले मुख्य न्यायाधिवक्तासहित कानुन व्यवसायीसँग छलफल गरेको हो ।

सचिवालयले कोसी प्रदेशका मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवाल, पूर्वमुख्य न्यायाधिवक्ता चूडामणि आचार्यसहितका कानुन व्यवसायीसँग छलफल गरेको हो ।

उपसभामुख दनुवार अनुपस्थित भएपछि आज बिहान ८ बजेका लागि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित भएको थियो । बैठकमा सहभागी सदस्यहरूको सल्लाहअनुसार कानुन व्यवसायीसँग छलफल भइरहेको कोसी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

उपसभामख दनुवारले आफू अनुपस्थित हुँदा अध्यक्षमण्डलका सदस्य इसराइल मन्सुरीलाई बैठक सञ्चालनको जिम्मेवारी दिएको बारे संवैधानिक र कानुनी विषयमा सचिवालय छलफलमा जुटेको हो ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेकै दिन उपसभामुखको अनुपस्थिति र उनले बैठक सञ्चालनको जिम्मेवारी मन्सुरीलाई तोकेको विषयमा छलफल भइरहेको बताइएको छ ।

अध्यक्षमण्डलमा रहेका नेकपा (एमाले)का सांसद मालतीकुमारी लिम्बू र राप्रपाका अमरबहादुर विष्टले प्रदेशसभा बैठकमा अनुपस्थित रहने सूचना आइतबार नै दिएका थिए ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro