site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङ र सुनसरीमा भारी वर्षा
फाइल तस्बिर ।

काठमाडौं । मोरङ र सुनसरीमा सोमबार बिहान भारी वर्षा मापन गरिएको छ ।

मोरङको लेटाङ, सुनसरीको सप्तकोसी चतारा वर्षा मापन केन्द्र र आसपास पछिल्लो तीन घण्टामा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

झापा, मोरङ र सुनसरी भई बहने स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

“भदौ ४ बिहान ८ः३५ बजे । मोरङको लेटाङ, सुनसरीको सप्तकोसी चतारा वर्षा मापन केन्द्र र आसपास पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ,” विभागको सूचनामा उल्लेख छ, “झापा, मोरङ, सुनसरी भई बहने स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाऔँ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro