site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद शर्माले प्रयोग गरेको शब्द रेकर्डबाट हटाउनु पर्दैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीका सांसद डा. सुनील शर्माले गएको साउन २९ गते संसद् बैठकमा प्रयोग गरेको शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउनु नपर्ने जनाएको छ ।

संसद्को गतिरोध हटाउन आइतबार सभामुख देवराज घिमिरेले पार्टीका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका थिए । सो छलफलपछि कांग्रेसका सचेतक सुशीला थिङले डा. शर्माले असंसदीय शब्द प्रयोग नगरेकाले रेकर्डबाट हटाउनु नपर्ने पक्षमा आफूहरू रहेको बताइन् ।

नेकपा (एमाले)का सांसदले पनि डा. शर्माको अभिव्यक्ति असंसदीय नभएकाले हटाउनु नपर्ने बताएको उनले जानकारी गराइन् ।

सांसद शर्माले ‘सरकारले आतंककारीहरूको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दैै हुनुहुन्छ ?’ भन्ने प्रश्न गरेको र यो शब्द संसदीय रहेको उनले जिकिर गरिन् ।

“हामी सबैले सदन अवरुद्ध भइरहेको छ, डा. सुनील शर्माले बोलेको विषय रेकर्डबाट हटाउनुपर्ने हो कि होइन, त्यो लिगल हो कि होइन भन्ने कुरामा छलफल गरेको छौँ । प्रमुख प्रतिपक्ष दलको प्रमुख सचेतकले अब सरकारले उच्चस्तरीय संयन्त्र गठन नगरेसम्म अघि बढ्न सक्दैनौँ भन्नुभयो, लामो समयसम्म त सदन अवरुद्ध गर्नु हुँदैन, सुनील शर्माजीको रेकर्ड पनि हटाउनुपर्छ जस्तो लाग्दैन भन्नुभयो,” उनले भनिन्, “समिति सभापतिहरूको चयन चाँडो गर्नुपर्ने, सकेसम्म चाँडो निकास निकाल्न प्रयास गरिरहेको भन्नुभयो । संसद्लाई यसरी बन्धक बनाइरहनु हुँदैन भन्नुभयो । शर्माले यो सरकारले आतंककारीहरूको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दैै हुनुहुन्छ भन्ने प्रश्न रहेछ । त्यसैले त्यो कुरा संसदीय मर्यादाभित्र रहेर बोल्नुभएको जस्तो लाग्यो । नेपाली कांग्रेसको सचेतक भएकाले हटाउनुपर्छ भन्ने पक्षमा छैन । माओवादीले आज कुनै कुरा राखेन ।”

बैठकमा सभामुख घिमिरेले संसद्को गतिरोध अन्त्य गर्न दलहरू मिल्नुपर्ने र समिति सभापति चाँडो चयन गर्नुपर्ने धारणा राखेको उनले बताइन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro