site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं महानगरपालिकाविरुद्व फुटपाथ व्यवसायीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरूलाई विस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।

सडक व्यापार गर्ने साना व्यवसायीहरूले महानगरपालिकाको कदमविरुद्ध आइतवार काठमाडौंमा भेला भइ प्रदर्शन गरेका हुन् । महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साइकल, ठेलागाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरू र केही सर्वसाधारण आन्दोलनमा उत्रिएका हुन् ।

ktm mahanagr birudda pradasan (1)1692525159.jpg

व्यवसायीको आन्दोलनमा सहभागी कानुन व्यवसायी सुविन मुल्मीले महानगरले सडक व्यापारीहरूलाई गरिखान नदिएको बताए । उनले गैरकानुनी रूपमा व्यवसायीहरूको सामान महानगरले खोसेको भन्दै कानुनी रूपमा नै उनीहरूको समुचित व्यवस्थापन गर्नुपर्ने बताए । गैरकानुनी रूपमा व्यवसायीहरूको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरेको आरोप लगाए ।

उनले भने, "सडक व्यापारीहरूलाई गरिखान दिइरहेको अवस्था छैन । उहाँहरूको सामान गैरकानुनी रूपमा खोसिएर लिलाम गरिएको अवस्था छ । सडक व्यापारलाई  कानुनी रूपमा नै व्यवस्थापन गर्न आग्रह गर्न आएका हौं । सडक व्यापारलाई कानुनले रोकेको अवस्था छैन । कानुनले अनुमति वा दर्ता गरेर गर्नुपर्छ भनेको छ । तर, अनुमति लिने प्रावधान बनाएकै छैन । त्यो त काठमाडौं महानगरपालिकाको ऐनमा नै छ । नगरपालिकाले त्यसरी सामान खोस्न पाउँदैन । कुनैपनि ऐन कानुनमा लेखेको छैन ।"

ktm mahanagr birudda pradasan (3)1692525151.jpg

ktm mahanagr birudda pradasan (4)1692525154.jpg

ktm mahanagr birudda pradasan (5)1692525155.jpg

ktm mahanagr birudda pradasan (6)1692525158.jpg

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro