site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
देश अन्तर्राष्ट्रिय तस्करको अखडा बन्यो : शेखर कोइराला
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अन्तर्राष्ट्रिय तस्करको अखडा बनेको बताएका छन् । नयाँ बानेश्वरमा भएको एक कार्यक्रममा नेता कोइरालाले देश यतिबेला असाध्यै अप्ठ्यारो अवस्थामा रहेको बताए ।

“नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेकाले अन्तर्राष्ट्रिय समुदायसामु नेपालको साख गिरेको छ,” कोइरालाले भने, “कुनै पनि काण्ड आउँछ, त्यसको अनुसन्धान टुङ्गोमा नपुग्दै तुहिन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले सरकारका गतिविधिले जनतामा जान समेत अफ्ठ्यारो परेको बताए । कोइरालाले अब देश बन्दैन भनेर बुद्धिजिवीहरुले आस मारेको भएर पनि देशमा थप समस्या देखिँदै गएको बताए ।

देश अझै पनि बजाउन सकिने भन्दै कोइरालाले राजनीतिक दल र सरकारलाई खबरदारी गरिदिन बुद्धिजिवीहरुसँग आग्रह गरे । अहिलेको देशको अवस्था भने ठिक नभएको उनको भनाइ थियो ।

Global Ime bank

“नत हामी ठिक भयौँ, न काम गर्ने शैली । जता हेर्यो भताभुङ्ग र लथालिङ्ग छ,” कोइरालाले भने ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !