site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीको विनियोजन र स्रोत व्यवस्थापन गर्ने अध्यादेश प्रदेशसभामा पेस

विराटनगर । कोसी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन र स्रोत व्यवस्थापनको लागि ल्याएको अध्यादेश प्रदेशसभामा पेस भएको छ ।

त्यससम्बन्धी दर्ता भएको अस्वीकारको प्रस्ताव फिर्ता भएपछि आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले प्रदेशसभा नियमावली नियम ८१ को उपनियम ४ बमोजिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश, आर्थिक वर्ष २०८०/०८१ सेवा, प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्न बनेको अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । त्यो प्रस्ताव सभामा पेस गर्न सर्वसम्मतिले अनुमति दिएको थियो ।

Dabur Nepal
NIC Asia

यसअघि प्रदेशसभामा प्रस्तुत भएको अध्यादेश बजेटमाथि सदनमा नेपाली कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले एकल र अरु तीन सांसदहरू नारायणबहादुर मगर, खिनुलङ्वा लिम्बू तथा कमलप्रसाद जबेगुले संयुक्तरूपमा अस्वीकारको प्रस्ताव दर्ता गराएका थिए । सूचना फिर्ता लिएको शुक्रबारको बैठकमा सांसद राई र मगरले आफ्ना धारणा राखेर फिर्ता गरेका थिए ।

उद्धव थापा नेतृत्वको सरकारले अघिल्लो सरकारले ल्याएको बजेटलाई संशोधन गर्न प्रदेशसभा सचिवालयमा प्रतिस्थापन विधेयक दर्ता गराउने तयारी गरेको छ । मुख्यमन्त्री थापाले बताएअनुसार मन्त्रालगत कार्यक्रम तथा कतिपय योजनाका शीर्षकहरू संशोधन गरी विधेयक दर्ता हुनेछ ।

तत्कालीन मुख्यमन्त्री कार्कीले ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट प्रस्तुत गरेका थिए । चालु खर्चतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगत खर्चतर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार रुपैयाँ विनियोजन भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro