site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
राजस्व घट्यो, खर्च १३ अर्बले बढ्यो
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा ७८ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० को साउन महिनाको तुलनामा राजस्व संकलन ८४ करोड ८४ लाख रुपैयाँले घटेको हो । 

गत आर्थिक वर्षको साउनमा ७९ अर्ब ७२ करोड २५ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । तर, खर्च गत वर्षको साउनमा भन्दा चालु आर्थिक वर्षको साउनमा बढी भएको छ । तर, अन्य प्राप्तिसहित सरकारले साउनमा ८८ अर्ब १३ करोड ९० लाख रुपैयाँ संकलन गरेको छ । 

साउनमा गैरकरले गर्दा धेरै मिसिने भएकाले कहाँ, के शीर्षकबाट कम राजस्व उठ्यो भनेर मन्त्रालयले अध्ययन गर्न बाँकी रहेको मन्त्रालयका राजस्व महाशाखा प्रमुख रितेश शाक्य बताउँछन् । तर, गत वर्षको साउनमा भन्दा यो वर्षको साउनमा कम राजस्व संकलन भएको उनले बताए ।

Agni Group

“साउनमा गैरकरले गर्दा धेरै मिक्स हुन्छ । कुन पैसा आएर वा नआएर राजस्व घटेको हो भनेर मन्त्रलयले सेक्टरवाइज केलाएको छैन,” उनले भने, “भन्सार र आन्तरिक राजस्व विभागको भागलाई छुट्याएर हेरेपछि मात्र कहाँबाट कम राजस्व संकलन भयो भनेर थाहा हुन्छ ।” 

साउनमा सरकारको खर्च भने ३५ अर्ब १७ करोड ५९ लाख रुपैयाँ रहेको छ । सरकारले चालु, पुँजीगत र वित्तीय व्यवस्थापनमा यो खर्च गरेको हो । तर, गत वर्षको साउनको भन्दा चालु आर्थिक वर्षको सोही महिनामा खर्च १२ अर्ब ९१ करोड ७२ लाख रुपैयाँले बढेको छ । गत वर्षको साउनमा २२ अर्ब २५ करोड ८७ लाख रुपैयाँ खर्च भएको थियो ।

Global Ime bank

सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । उक्त लक्ष्य प्राप्त गर्न राजस्वबापत १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ र बाँकी तीन खर्ब २८ अर्ब ७७ करोड रुपैयाँ आन्तरिक तथा बाह्य ऋणबाट प्राप्त गर्ने लक्ष्य राखेको छ । 

कुल खर्चमध्ये चालुतर्फ नौ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ, पुँजीगततर्फ चार खर्ब ७१ अर्ब ६ करोड र वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब ३० अर्ब ९१ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य सरकारले राखेको छ । आर्थिक वर्षको पहिलो महिनामा चालुतर्फ १२ अर्ब १९ करोड १७ लाख, पुँजीगततर्फ ९० करोड ६१ लाख र वित्तीय व्यवस्थापनतर्फ २२ अर्ब सात करोड ८१ लाख रुपैयाँ खर्च भएको छ । 

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु खर्च र वित्तीय व्यस्थापनतर्फको खर्च साउनमा गत वर्षको साउनमा भन्दा बढेको छ । तर, पुँजीगत खर्च भने गत वर्षभन्दा ५७ करोड ८५ लाख रुपैयाँले घटेको छ । गत वर्षको साउनमा एक अर्ब ४८ करोड ४६ लाख रुपैयाँ पुँजीगत खर्च भएको थियो । 

चालु खर्च भने ६ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ बढी खर्च भएको छ । त्यस्तै, साउनमा आन्तरिक तथा बाह्य ऋण तिर्न सरकारले गत वर्षको साउनमा भन्दा ६ अर्ब ९६ करोड १२ लाख बढी खर्च गरेको छ । 

गत वर्षको साउनमा चालुतर्फ पाँच अर्ब ६५ करोड ७२ लाख रुपैयाँ खर्च भएको थियो भने वित्तीय व्यवस्थापनतर्फ १५ अर्ब ११ करोड ६९ लाख रुपैयाँ भएको थियो । 

सरकारले गत आर्थिक वर्षको अन्त्यसम्म राजस्व संकलनबापत १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । तर, गत वर्षको अन्त्यसम्म नौ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।  

गत वर्ष चालु, पुँजीगत र वित्तीय व्यवस्थापनमा कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको सरकारले १४ खर्ब २९ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको छ । यो कुल लक्ष्यको ७९.६९ प्रतिशत हो ।

पुँजीगततर्फ गत वर्ष ती खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ खर्च गर्न लक्ष्य राखेको थियो । तर, गत वर्षको अन्त्यसम्म दुई खर्ब ३३ अर्ब ६९ करोड रुपैयाँ खर्च भएको थियो । यो लक्ष्यको ६१.४४ प्रतिशत हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu