site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘एक भगवत् गीता’को क्यारेक्टर पोस्टर’ सार्वजनिक, ट्रान्सजेन्डर लुक्समा विपीन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘एक भगवत् गीता’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक तीन पोस्टरमा अभिनेत विपीन कार्की, सुहाना थापा, धिरज मगर र बालकलाकारलाई देख्न सकिन्छ ।

भदौ २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको ‘क्यारेक्टर लुक्स’ पोस्टरमा विपीन कार्की ट्रान्सजेन्डर लुक्समा प्रस्तुत छन् । धिरज र सुहाना रोमान्टिक अवतारमा प्रस्तुत छन् । धिरज गुरुङ पहिरनमा छन् । सुहानाको लुक्स र गेटअपले मधेसी समुदायको झल्को दिन्छ । 

अन्तरजातीय प्रेमकथामा आधारित चलचित्रमा सुनील कुमार थापाको निर्माणमा बनेको हो । सिनेमाको कथा लेखक र निर्देशक झरना थापा हुन् । 

Suhana-Jvish1692338957.jpg

Dhiraj-Suhana1692338957.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro