site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यान महासंघले ‘नेपाल ब्लकचेन कन्क्लेभ’ गर्ने

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान)ले भदौ ३१ मा ‘नेपाल ब्लकचेन कन्क्लेभ’ आयोजना गर्ने भएको छ । ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच अन्तर्क्रिया कार्यक्रम आयोजना हुने भएको हो ।

कन्क्लेभले ब्लकचेन टेक्नोलोजीका एप्लिकेसनबारे जागरुकता बढाउने, विशेषज्ञहरूबीच ज्ञान आदानप्रदानको अवसर प्रदान गर्ने, चुनौतीहरू र अपनाउनुपर्ने अवसरहरूलाई सम्बोधन गर्ने, विभिन्न क्षेत्रहरूमा ब्लकचेन टेक्नोलोजीको सम्भावनाहरू पत्ता लगाउने र यसका लागि सरोकारवालाहरूबीचको समन्वयलाई अघि बढाउने लक्ष्य राखेको क्यान महासंघका अध्यक्ष रञ्जित पोदारले बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कार्यक्रममा ब्लकचेन क्षेत्रमा काम गरिरहेका कम्पनीहरू, विज्ञहरू, प्रविधि व्यवसायी, शिक्षण संस्था, नीति निर्माता तथा नेपाल सरकारका विभिन्न निकायहरूको सहभागिता हुनेछ ।

एकै छानामुनी सरोकारवालाहरूबीच हुने छलफल तथा ज्ञान आदानप्रदान कार्यले नेपालमा ब्लकचेन प्रविधि र यसको विस्तारमा सघाउन पुग्ने कन्क्लेभको सहआयोजक क्लब बी बिजनेस टेक्नोलोजीका बिजनेस टेक्नोलोजी प्रमुख युवराज आचार्यले बताए ।

कार्यक्रमको मुख्य आकर्षणमा की नोट स्पिच, प्यानल डिस्कसन, विज्ञ तथा विशेषज्ञबाट प्रिजेन्टेसनका साथै वित्त, स्वास्थ्य सेवा, सप्लाई चेन म्यानेजमेन्ट, ब्लकचेन टेक्नोलोजीमा शिक्षाविद्को भूमिका, ब्लकचेन टेक्नोलोजीका एप्लिकेसनहरू लगायत विभिन्न शीर्षकमा सेसनहरू सञ्चालन हुनेछन् ।

कन्क्लेभमा सहभागी हुन इच्छुक व्यक्ति तथा संस्थाका लागि भदौ ७ देखि अनलाइन रजिष्ट्रेसन खुलाइने बताइएको छ । साथै स्पोन्सर तथा पार्टनरका लागि क्यान महासंघ सचिवालयमा सम्पर्क गर्न सकिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  २०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro