site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाल प्रहरीले गुमायो प्रधानमन्त्री प्रचण्डको विश्वास
SkywellSkywell

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवासको मुद्दा र भन्सारबाट ल्याएको सुन समातेर चर्चामा आएको नेपाल प्रहरीले हालका केही दिनमा गरेका अक्षम्य गल्तीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वास गुमाउँदै गएको देखिएको छ । 

मंगलबार सम्पादकहरूसँगको भेटघाटमा प्रधानमन्त्री दाहालले नेपाल प्रहरीले गरेका गल्तीहरूले सरकारको विश्वसनीयतामा प्रश्न उठ्न गएको विषयलाई स्वीकार गरेका थिए ।  पूर्वसभामुख कृष्णबहादुर महरा तथा उनका सुपुत्र राहुल महराको सुन तस्करहरूसँगको साँठगाँठको समाचारले अहिलेको सरकार सबैभन्दा अप्ठेरोमा परेको छ । 

महरा बाबु छोराको नाम पुलिस रिपोर्टमा शंकास्पदको सूचीमा राख्ने तर उनीहरूविरुद्ध मुद्दा नचलाउने कार्य गरेकाले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नेतृत्त्वप्रति नै प्रधानमन्त्रीले प्रश्न उठाएका छन् ।

Dabur Nepal
NIC Asia

“प्रहरीका आईजीपी र सीआईबीका प्रमुखलाई गृहमन्त्रीकै अगाडि राखेर महराजीको विषयमा के भएको हो भनेर सोधेका थियौं । उहाँहरूले पहिले नराख्नुपर्ने नाम परेको भनेर बहाना बनाउनु भयो । त्यस्तो हो भने जनता समक्ष गएर सीआईबीले गल्ती भयो भनेर सच्याउनुपर्‍यो भनियो । त्यसपछि फेरि महराका बाबु छोरालाई पनि अनुसन्धानको घेरामा ल्याउँछौं भन्नुभयो,” प्रधानमन्त्री दाहालले सम्पादकहरूसमक्ष स्पष्ट कुरा राखे । 

आफ्नो निकटको नेता भनेर आफूले बचाउन नखोजेको र प्रहरीलाई पनि बचाउनुपर्दैन भन्दा भन्दै सरकारको विश्वसनीयतामा प्रश्न उठ्ने कार्य भएको कुरा प्रधानमन्त्री दाहालको टिप्पणी थियो ।

ललिता निवास प्रकरणमा पनि ‘मीनबहादुर गुुरुङ एक प्रतिष्ठित व्यापारी भएको र भागेर कतै जान नसक्ने भएकाले हिरासतमा लिएर कारवाही नगर्नू भनेका थियौं तर प्रहरीले सबैभन्दा उच्च संलग्नता उनकै भएको भनेर अड्डी लिएका कारण नथुन भन्न सकिएन’ दाहालले बताए । 

गुरुङको हिरासतका कारण अहिले निजी क्षेत्रले सरकारको तीव्र आलोचना गर्न थालेको परिप्रेक्ष्यमा दाहालले आफ्नो बाध्यता सम्पादकहरूमार्फत् सार्वजनिक गरेका हुन् ।

देशमा भएभरका सबै समस्या अहिल्यै समाधान हुन्छ भनेझैं गरी नक्कली प्रमाणपत्रको केसमा नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई गिरफ्तार गरेर पनि सीआईबीले प्रधानमन्त्रीलाई निकै अप्ठेरोमा पारिदिएको उनको संकेत थियो ।

गिरफ्तार गरेको २४ घण्टा नबित्दै अदालतले उनलाई हिरासतमुक्त गरिदिएर प्रधानमन्त्रीलाई नेपाली कांग्रेससमक्ष केही सहज बनाएको छ भने नेपाल प्रहरीको सीआईबीलाई भने मुख देखाउन नहुने अवस्था बनाइदिएको छ ।

त्यतिमात्र होइन डा. रञ्जितकुमार यादवलाई नाम मिलेकै भरमा पक्राउ गरेर उनको ठूलो सार्वजनिक बेइज्जती गरेर पछि ‘गल्ती भयो’ भन्दै छाड्नु परेकोमा पनि सरकारको बदनाम भएको र यसका लागि प्रधानमन्त्रीले सीआईबीलाई जिम्मेवार ठानेका छन् ।

यस बाहेक पनि पक्राउको सूचीमा पर्दै नपरेको र कुनै पनि सरकारी निकायले अनुगमन गर्न भनेर अनुरोध नगरेका १९ वर्षीय रोहन अडुकियालाई त्रिभुवन विमानस्थलमा २१ घण्टा हिरासतमा राखेको विषयले पनि सरकार जबर्जस्तीपनमा उत्रिएको संकेत गरेको छ । यस विषयले पनि सरकारको साख गिराउन भूमिका खेलेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गर्ने गरेका छन् ।


सीआईबीकी प्रमुख किरण बज्राचार्यले यी सबै घटनामा आईजीपी बसन्तबहादुर कुँवरको कमाण्डको बेवास्ता गर्दै सीधै गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशन भन्दै काम गर्ने गरेकाले आईजीपी कुँवर पनि आक्रोशित रहेको स्रोत बताउँछ ।

प्रहरीमा चेन अफ कमाण्ड तोडेर नेता खुसी बनाउने काम हुँदा सिंगो संगठनलाई असर पर्ने भन्दै कुँवरले एआईजीपीहरुलाई बहकावमा नलाग्न निर्देशन दिएको स्रोतले जानकारी दियो ।

“सीआईबीले गरेका काम पाँच दिनपछिमात्रै मलाई जानकारी हुन्छ,” कुवँरले केही प्रहरी अधिकृतसँग गरेको कुराकानी उद्धृत गर्दै स्रोतले भन्यो, “यसरी संगठन भताभुंग पार्ने काम कसैबाट पनि हुनुहुँदैन । यसले दीर्घकालीन असर पार्न सक्छ ।”


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu