site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बृहत् नागरिक आन्दोलनले भन्यो– प्रहरीबाट ज्यादती भयो, कारबाही गरियोस्

काठमाडौं । न्याय खोजिरहेका आरती साहको परिवार र आन्दोलनकारीमाथि प्रहरीबाट ज्यादती गरिएको भन्दै बृहत् नागरिक आन्दोलनले निन्दा गरेको छ ।

आन्दोलनकारी महिलालाई नियन्त्रणमा लिन पुरुष प्रहरीद्वारा अशोभनीय कार्य  गरिएको बृहत् नागरिक आन्दोलनको ठहर छ ।

आरती साहको परिवारको माग सम्बोधन गर्न र आन्दोलनकारीमाथि ज्यादती गर्ने प्रहरीलाई कारबाही गर्न विज्ञप्तिमार्फत माग गरिएको छ ।

“न्याय खोजिरहेका आरती साहको परिवार र आन्दोलनकारीमाथि प्रहरीबाट जुन किसिमको दमन र ज्यादती भयो, त्यो निन्दनीय छ । आन्दोलनकारी महिलालाई नियन्त्रण गर्न पुरुष प्रहरीद्वारा भएको अशोभनीय कार्यको हामी घोर निन्दा गर्दछौँ,” बुधबार जारी विज्ञप्तिमा उल्लेख छ, “बृहत् नागरिक आन्दोलन आरती साहको परिवारको माग सम्बोधन गर्न र आन्दोलनकारीमाथि ज्यादती गर्ने प्रहरीहरूलाई कारबाही गर्न माग गर्दछ ।”

आरती साहको मृत्युको विषयलाई लिएर उनको परिवार माइतीघरमा धर्नामा बसेको दुई महिना पुग्न लागेको पनि विज्ञप्तिमा जनाइएको छ ।

“न्यायको माग गर्दै धर्नामा बसेका उनीहरू मुद्दाको पेसी सरेको सर्‍यै गर्दा न्याय नपाइने हो कि भन्ने आशंकामा छन्,” विज्ञप्तिमा उल्लेख छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोककी २२ वर्षीया आरतीको गएको जेठ ७ गते घरमै रहस्यमय मृत्यु भएको थियो ।

asdf1692250411.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ११:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro