site stats
बाह्रखरी :: Baahrakhari
देश
हिमालयन एयरलाइन्सका सहइन्जिनियर रन्जित जैसवाल पक्राउ

काठमाडौं । प्रहरीले हिमालयन एयरलाइन्सका सहइन्जिनियर रन्जित जैसवाललाई पक्राउ गरेको छ । बलात्कार प्रयास आरोपमा पक्राउ परेकामध्ये पहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेललाई बचाउन पीडित महिलालाई दबाब दिएको आरोपमा जैसवाल पक्राउ परेका हुन् ।

आफ्नै घरमा काम गर्ने एक युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा पोखरेल १२ साउनमा पक्राउ परेका थिए ।

Argakhachi Cement Island Ad

जैसवालसँगै चेतन नेउपाने पनि पक्राउ परेका छन् । उनीहरूलाई काठमाडौं प्रहरीको विशेष टोलीले सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको छैन ।

बलात्कार मुद्दामा मिलापत्र गराउन खोज्ने एक अधिवक्तामाथि समेत प्रहरीले पक्राउ पुर्जी लिएको छ । उनी हाल फरार रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्