site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका चारैजना भारतीय नागरिक
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरीले टोखाबाट गोली हानेर नियन्त्रणमा लिएकाहरु चारजना भारतीय नागरिक रहेको खुलेको छ ।

लागुऔषध कारोबारको सूचनाका आधारमा टोखा पुगेको प्रहरीमाथि नै आक्रमण गर्न खोजे पछि लागूऔषध नियन्त्रण ब्युरोको टोलीले गोली हानेर दुई जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरु बाहेक थप दुईजना गरी प्रहरीले चारजनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम र ठेगाना खुल्न बाँकी रहेको ब्युरोका प्रमुख एसएसपी कृष्ण कोइरालाले जानकारी दिए ।  
 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्