site stats
बाह्रखरी :: Baahrakhari
देश
बालेनको विदेश भ्रमणको बेरुजु ५२ लाख ५४ हजार

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को विदेश भ्रमणका क्रममा ५२ लाख रुपैयाँभन्दा बढी अनियमितता भएको खुलासा भएको छ । 

विभिन्न समयमा विदेश भ्रमणमा जाँदा उनले अनुमतिबिना सो रकम खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदन ०८२मा औँल्याइएको छ ।
 
प्रतिवेदनमा भ्रमण खर्चबापत कुल ५२ लाख ५४ हजार ७७ रुपैयाँ ७५ पैसा खर्च देखिएको र अधिकांश भुक्तानी नियमसंगतत नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

Argakhachi Cement Island Ad

भ्रमणमा संलग्न कर्मचारीको मनोनयन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवबाट हुनुपर्नेमा सो प्रक्रियाको पनि पालना नभएको प्रतिवेदनमा उल्लेख छ ।

504912049_1290634399732686_3533787921698796246_n-1749549914.png
 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्