site stats
बाह्रखरी :: Baahrakhari
देश
मौसमविद् भन्छन्– आजबाट पानी पर्न सुरु भयो, अब सुक्खा हुँदैन
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौंमा आज वर्षा हुनेछ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार दिउँसो, साँझ र राति हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । “हिजो जस्तै आज पनि काठमाडौंमा दिउँसो १२ बजेपछि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले भनिन् । 

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आजबाट पानी पर्नेक्रम सुरु भएको मौसमविद् मानन्धर बताउँछिन् । “आजबाट पानी पर्नेक्रम सुरु भयो । अब हरेक दिनजसो पानी पर्छ,” मौसमविद् मानन्धर बाह्रखरीसँग भन्छिन्, “अब सुक्खा मौसम सकियो । अब नियमित जस्तै पानी पर्ने भएकाले सुक्खा हुँदैन ।” 

यो हप्ताको अन्तिमसम्म कोसी प्रदेशमा रहेको मनसुन अन्य प्रदेशमा पुग्ने उनले बताइन् । “यो साताको अन्तिम अथवा अर्को हप्ताको सुरुसम्म मनसुन कोसीबाट अन्य प्रदेशमा पनि फैलिनेछ,” उनले भनिन् । 

हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । कोसी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ०६:२६
प्रतिक्रिया दिनुहोस्